नेपाली बजारमा नयाँ Nubia Air र Nubia V80 Design
नेपाली बजारमा स्मार्ट प्रविधिको नयाँ पहिचान
ZTE Corporation Launch in Nepal
Nubia Air र Nubia V80
आकर्षक डिजाइन, शक्तिशाली प्रदर्शनर अब ०% ब्याजको EMI सुविधासहित।
#ZTECorporation #NubiaAir #NubiaV80Design #NubiaNepal
नेपालमा शाओमी १५टीः लाइका क्यामेरा प्रविधिका साथ आकर्षक मूल्यमा
शाओमी १५टी मा
१२ जिबी LPDDR 5X RAM
५१२ जिबी UFS ४.१ स्टोरेज छ
५,५००
१२ जिबी LPDDR 5X RAM ले स्मूथ मल्टिटास्किंग सुनिश्चित गर्छ, जसले धेरै एप्स एकसाथ चलाउँदा पनि स्लो हुँदैन। यसले गेम खेल्दा वा एप्स छिटो सर्ने अवस्थामा राम्रो पावर एफिसिएन्सीसहित छिटो डेटा गति पनि दिन्छ । ५१२ जिबी UFS ४.१ स्टोरेजले UFS ४.० भन्दा ५०% छिटो एप स्थापना, छिटो फाइल ट्रान्सफर र सिस्टम प्रतिक्रिया (responsiveness) सुनिश्चित गर्छ ।यसमा हजारौ तस्बिर, 4k भिडियो, ठूला गेम फाइलहरू र थुप्रै एप्स अटनसक्ने स्टोरेज क्षमता छ। शाओमी १५टी मा भएको ५१२ जिबी सबैजसो प्रयोगकर्ताका लागि पर्याप्त हुन्छ। यस संयोजनले गेमिङ, फोटोग्राफी र दैनिक कामहरूमा उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्छ ।यो फोन प्लास्टिक फ्रेममा डिजाइन गरिएको छ, जसको बजन केबल १९४ ग्राम रहेको छ त्यसैले लामो समयसम्म गेम खेल्दा पनि उपकरणलाई चिसो राख्न मद्दत गर्छ। आईपी ६८ प्रमाणपत्रले यसलाई पानी र धुलो प्रतिरोधी बनाउँछ भने डिस्प्लेमा Corning Gorilla Glass 7i ले दैनिक प्रयोगका लागि टिकाउपन सुनिश्चित गर्छ। खरिदकर्ताले कालो, खैरो र रोज गोल्ड रंग विकल्पहरू छान्न सक्छन्, सबैमा आकर्षक मेटालिक फिनिश छ जसले फोनको देखिने शैली अझ प्रभावशाली बनाउँछ ।शाओमी १५टी मा ६.८३ इन्चको ओ एल इ डी स्क्रिन छ जसले हेर्ने अनुभव नै फरक पार्छ। यसको स्क्रिन १.५ के रेसोलुशनको स्किनले तस्बिर र भिडियो क्लियर देखिन्छन् । साथै १२० हर्ट्ज रिफ्रेश रेट भएकोले फोन चलाउँदा, स्क्रोल गर्दा वा गेम खेल्दा, सबै सबै फिचरहरू सहज र सुविधाजनक हुन्छ । स्क्रिनको उज्यालोपन ३,२०० निट्स सम्म पुग्न सक्छ, जस्ले गर्दा घाममा पनि फोन सजिलै चलाउन सकिन्छ। यसमा एच डी अर १०+ र डोल्बी विसन सपोर्ट पनि छ, जसले गर्दा मुभी वा भिडियो हेदां रडहरू सुस्पष्ट देखिन्छन्, र स्क्रिनको टच रिस्पोन्स पनि छिटो भएकोले छुने वित्तिकै चल्छ । यसको स्क्रिनमा पी दब्ल्यू एम डिमिङ्ग टेक्नोलोजी भएकोले तपाईलाई कम उज्यालोपनमा स्क्रिनको फ्लिकर (झिलमिल) ले आँखामा खासै असर पर्न दिँदैन ।५,५००mAh को ठूलो व्याट्रीले मध्यमदेखि भारी प्रयोगमा पनि पूरा दिन सजिलै चल्छ र कम प्रयोग गर्नेले एउटै चार्जमा दुई दिनसम्म पनि चलाउन सक्छ । ६७बाट तारको चार्जिङ प्रयोग गर्दा, दिइएको ६७ बाट पावर एडप्टरले करिब ५० मिनेटमा १००% चार्ज हुन्छ। यसमा वायरलेस चार्जिङ नभए पनि चार्ज गर्न सजिलो छ ।शाओमी १५टी मा पूर्ण कनेक्टिविटी विकल्पहरू छन्, जसमध्ये डुअल सिम (नानो), WiFi 6E (डुअल-व्यान्ड), Bluetooth 6.0, र पूर्ण पोजिसनिङ सिस्टम (GPS, Glonass, Galileo, Beidou, QZSS, र NavIC) समावेश छन् । यसमा USB-C सपोर्ट, NFC । कन्ट्याक्टलेस भुक्तानीका लागि) र 4GLTE तथा 5G नेटवर्क सपॉट छ, जसले प्रयोकर्तालाई अहिले र भविष्यमा धेरै सजिलोसमेत बनाउने छ ।फोनमा सजिलो पहुँचका लागि अप्टिकल इन-डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर र फेस अनलक सुविधा छन्। साथै, यसमा पूर्ण सेन्सर सेट पनि छ । एक्सेलेरोमिटर, एम्बियेन्ट लाइट, कलर टेम्प्रेचर, ई-कम्पास, फ्लिकर सेन्सर, जाइरोस्कोप, आईआर ब्लास्टर र प्रोक्सिमिटी सेन्सर रहेको छ जसले प्रयोग गर्दा फोनको पूर्ण कार्यक्षमता सुनिश्चित गर्छ ।१२जिवी/५१२जिवी स्टोरेज भेरियन्टको मूल्य रु. ६४,९९९ रहेका शाओमी १५टी दैनिक प्रयोगका लागि उत्कृष्ट डिस्प्ले गुणस्तर, व्याट्री लाइफ र लाइका क्यामेरा अनुभव प्रदान गर्छ साथै समान मूल्यमा प्रिमियम सुविधाहरू दिन्छ । यो उपकरण नेपालभरका शाओमीका अधिकृत विक्रेता तथा रिटेल नेटवर्कमार्फत उपलब्ध छ ।त्यस्तै मात्र ४०% डाउन पेमेन्टमा ९ महिनासम्मको सहज किस्ता सुविधा पनि उपलब्ध छ। जसले गर्दा धेरै प्रयोगकर्ताका लागि शाओमी १५टी पहुँचयोग्य छ ।